नेपाली आकाशमा पनि चल्छ स्टारलिंक वाईफाई, तपाईंको आउँदो अन्तर्राष्ट्रिय फ्लाइटमा छ कि छैन कसरी थाहा पाउने ?

Written by

in

काठमाडौं । धेरै एयरलाइन्सहरूले आफ्ना उडानहरूमा फास्ट स्पिडको वाईफाई उपलब्ध गराउन थालेका छन् । जसमध्ये अधिकांशले स्टारलिंकको स्याटलाइट इन्टरनेट रोजिरहेका छन् । स्टारलिंकका अनुसार विश्वभर २ लाखभन्दा बढी उडानहरूले यसको सेवा प्रयोग गरिसकेका छन् । 

उत्तर अमेरिकामा अलास्का एयरलाइन्स, युनाइटेड एयरलाइन्स, साउथवेस्ट एयरलाइन्स र वेस्टजेटले आफ्ना विमानहरूमा स्टारलिंक जडान गरिरहेका छन् । अन्तर्राष्ट्रिय रूपमा लुफ्थान्सा, स्विस, इमिरेट्स, कतार एयरवेज, एसएएस स्क्यान्डिनेभियन एयरलाइन्स, एयरबाल्टिक, एयर लिङ्गस, एयर फ्रान्स र ब्रिटिस एयरवेजले आफ्ना केही उडानहरूमा स्टारलिंक वाईफाई उपलब्ध गराइरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *